एक अध्ययनमा महिलाहरुलाई सोधिएको थियो– ते तपाईँ पतिको भन्दा बढी कमाउनु हुन्छ ? अधिकांश महिलाको जवाफ थियो ‘नो’ ।
यो अध्ययन विश्वका ४५ देशमा गरिएको थियो । सन् १९७३ देखि २०१६ सम्म गरिएको अध्ययनमा महिलाको आयलाई प्रमुख चासोको विषय बनाइएको थियो ।
यो विश्वको पहिलो सर्वे हो जहाँ पति र पत्नीको कमाइलाई तुलना गरिएको थियो ।
भारतीय प्रबन्धन संस्थान (आइआइएम) बैंग्लोर सेन्टर फर पब्लिक पोलिसीका प्राध्यापक हेमा स्वामीनाथन र प्राध्यापक दीपक मलगन लगायतका शोधकर्ताहरुले १८ देखि ६५ वर्षका दम्पतीबीच यो सर्वे गरेका थिए । सर्वेमा २८.५ लाख घरका पति तथा पत्नीको कमाइको तुलना गरिएको थियो ।
यस अध्ययनको लागि लग्जेमबर्ग इनकम स्टडी (एलआइएस) नाको एक एनजीओले डेटा जुटाएको थियो ।
‘यदि पति–पत्नी दुवै बाहिर काम गर्छन् भने यस्तो देश छैन जहाँ पत्नी आफ्नो पतिले जति कमाई गर्छिन् । विकसित देशमा पनि यो छैन,’ प्राध्यापक मलगनले भने, ‘लैङ्गिक असमानता कम भएका नर्डिक देशमा पनि कमाइमा महिलाको हिस्सा ५० प्रतिशतभन्दा कम छ ।’
महिलाले कम पैसा कमाउनु पछाडिको कारण धेरै देशमा केही समान छन् । धेरै देशमा पुरुषलाई काम गर्न घरबाहिर जाने र महिलालाई घरको काम गर्ने रुपमा चित्रण गरेको पाइन्छ । कयौं महिना आमा बनेपछि कामबाट ब्रेक लिने गर्छन् वा बेतलबी विदामा बस्ने गर्छन् ।
धेरै देशमा बालबालिका हेर्ने जिम्मेवारी महिलालाई दिने गरिन्छ, बदलामा उनीहरुले पैसा पाउँदैनन् । अध्ययनमा घरमा लगाइने बेतलबी काम नै महिलालाई कार्यक्षेत्रमा अघि बढ्न प्रमुख बाधक रहेको औंल्याइएको छ ।
‘महिलाले घरमा जुन काम गर्छन् त्यो कसैले पनि ध्यान दिँदैनन् किनकी सो काम गरेवापत उनीहरुलाई पैसा मिल्दैन । यसकारण पैसा कमाउने र घरमा पैसा ल्याउने पत्नीले फरक सम्मान पाउँछन्,’ प्राध्यापक स्वामीनाथले भनेका छन् ।
अध्ययनले एउटा सकारात्मक पक्ष पनि देखाएको छ । सन् १९७३ देखि २०१६ सम्म आइपुग्दा घरमा पति र पत्नीको कमाइको अन्तर २० प्रतिशतमा झरेको छ । (बिबीसी)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।