बढ्दो सवारी दुर्घटना कम गर्न तत्परता देखाउन जनमोर्चाको आग्रह

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वका बेला बढ्दो सवारी दुर्घटनाको निवारणमा योजनाबद्ध रूपमा तप्परता देखाउन सरकारसँग आग्रह गरेका छन् ।  

अध्यक्ष केसीले एक विज्ञप्ति जारी गर्दै मुगु, कास्की, अछामलगायत जिल्लामा भएको सवारी दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । चाडपर्वको बेला वा यात्रुको चाप हुने बेलामा वा वर्षाकालमा यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु सवार गराउने, लामो दूरीमा पनि एकजना मात्र चालक राख्ने, पुराना र खराब अवस्थाका सवारी साधन चलाउने, यातायात क्षेत्रका सम्बद्ध निकायले सडक यातायातको राम्रो व्यवस्थापन नगर्ने, सडकको खराब स्थिति वा कच्ची सडकका कारणले वर्षेनी ठूलो सङ्ख्यामा नेपालीले आफ्नो जीवन गुमाउन परेको उनको भनाइ छ ।  

'हामी सरकार र सम्बद्ध निकायलाई यसतर्फ गम्भीर रुपमा ध्यानाकर्षण गराउँदै सडक यातायातको क्षेत्रमा हुने समस्याको व्यापक सुधार गरी यसप्रकारका सडक दुर्घटना हटाउन माग गर्दछौँ', विज्ञप्तिमा भनिएको छ, 'यो कुनै प्राकृतिक विपद् वा दुर्घटना होइन, मानवीय कमजोरी हो । यसलाई हटाउन सकिन्छ र हटाउन पर्दछ ।'

पछिल्लो चार दिनमा विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार २०:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया