अल्मुताइरीले भने,- म नोकर होइनँ

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु कसैको नोकर नभएको बताएका छन् । साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेशबीचको खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफु कसैको नोकर नभएको बताएका हुन् । 

आफुलाई नोकरको जस्तो व्यवहार गरिएको भन्दै उनले आफु प्रशिक्षक भएको प्रष्ट पारे । 'म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ' उनले भने । 

आफूमाथि म्याच फिक्सिङको आरोप लागेको भन्दै उनले भने, 'म ती मिडियालाई सोध्न चाहन्छु कमेन्टमा म्याच फिक्सिङ कुरा गरेर के तपाईँ खुसी हुनुहुन्छ ? मेरो छोराले सोध्यो उक्त कमेन्ट के हो ? यसको मतलब के हो ? के विज्ञापन ल्याएर पैसा कमाउन चाहनुहुन्छ ? कृपया अरुको नाममा पैसा नकमाउनुस् । म त्यो मिडियाको नाम उल्लेख गर्दिनँ तर मलाई दुख लागेको छ।' 

सञ्चारमाध्यमले आफूहरुलाई सम्मान नगरेको बताए । भारतसँगको खेल हारेपछि आफूहरुमाथि ठूलो दबाब रहेको बताउँदै मिडियाले पनि व्यक्तिगत लाञ्छना लगाउने गरी आरोपित गर्न खोजेको गुनासो उनले गरे ।





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार २१:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया