नेपाली दूतावासले अमेरिकामा घुम्ती कन्सुलर शिविर गर्ने

अमेरिकास्थित नेपाली राजदूतावासले विभिन्न राज्यमा घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ । दूतावासले नर्थ क्यारोलिना र फ्लोरिडा राज्यमा शिविर सञ्चालन गर्न लागेको हो । 

दूतावासका अनुसार अक्टोबर २९ र ३० तारिखमा नर्थ क्यारोलिना र नोभेम्बर १ र २ तारिखमा फ्लोरिडा राज्यमा शिविर हुनेछ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण गराउन सक्नेछन् । त्यसमा अक्टोबर २०२२ सम्म बहाल अवधी रहेकाहरूले राहदानी नवीकरण गराउन सक्ने दूतावासले जनाएको छ । 

त्यस्तै गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकफर्ती यात्रा अनुमतिपत्र, पर्यटक भिसा लगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ ।

यसका लागि सेवाग्राहीले आवश्यक पर्ने कागजात तथा शुल्कबारे दूतावासको वेबसाइटमार्फत जानकारी लिन सकिनेछ ।





  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार ६:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया