डोल्पाको त्यो गाउँ जहाँ आफ्नै तरिकाले मनाईन्छ दशैं
फोटोः रामचन्द्र न्यौपाने

दशैं पनि समुदाय र क्षेत्र अनुसार फरक–फरक तरिकाले मनाइन्छ । त्यो मध्ये फरक तरिकाले दशैं मनाउने गाउँ हो,– डोल्पाको त्रिपुराकोट । जहाँ आफ्नै नियमअनुसार दशैं मनाइन्छ । स्थानीय नियमानुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलनअनुसार दशैं मनाउँदै आएका छन् । 

त्रिपुराकोटमा बसोबास गर्दै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतकाले परापूर्वकालदेखि नै आफ्नै साइतमा दशैंको टीका लगाउँछन् ।  

घटस्थापनाको दिन सुरू भएको पूजा दशैंको दिन दिउँसो ३ बजेपछि मात्रै टिका लगाउने चलन छ । पुजारी लक्ष्मीरुद्र उपाध्ययले दशमीका दिन दिउँसो ३ बजेभन्दा अगाडि जमरा लगाए गाउँमा अनिष्ट हुने धार्मिक विश्वास रहिआएको बताए । 

‘पूजा सकेर भगवती माईलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै गाउँलेले टीका जमरा लगाउनुपर्छ,’ उनले भने, ‘त्रिपुरासुन्दरी यहाँको पूर्णपीठ हो । अरू अर्धपीठ हुन् । त्यसैले त्रिपुरासुन्दरीको नियम अनुसार काम गर्नुपर्छ ।’

दशैंको टीकाको साइत बिहान हुने भएपनि त्रिपुराकोट गाउँमा भने बेलुकादेखि टिका ग्रहण जमरामा लगाउने चलन रहेको पुजारी उपाध्यायले बताए । ‘हाम्रो पुजाआजा बेलुका मात्र सकिन्छ,’ उनले भने, ‘टिका जमारा बेलुकाबाट सुरू भएर मध्यरातसम्म लगाउने चलन छ ।’

घरको काम सकेर साँझको समयमा परिवारका सबै सदस्य र आफन्तजनहरू एकै ठाउँमा भेला भएर त्रिपुराकोटवासीले अग्रजको हातबाट टीका थाप्ने र आशीर्वाद लिने गर्छन् ।



दुई सयभन्दा धेरै घरपरिवारको बस्ती रहेको त्रिपुराकोटबाहेक डोल्पाका अरू गाउँमा भने पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमै दसैँको टीकाजमरा लगाउने चलन छ ।



  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १०:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया