जुम्लामा एक होटल सञ्चालकको शव फेला परेको छ । दैलेख घर भएका जुम्लामा होटल व्यवसायी गर्दै आएका शेरबहादुर शाहीको शव फेला परेको हो । होटल बाहिर उनको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ ।
शाहीले जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्यालीभ्यू होटल सञ्चालन गर्दै आएका थिए । उनको शव बिहीबार विहानै होटलको बरन्डामा भेटिएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
शव फेला परेपछि प्रहरीले मुचुल्का उठाउने र प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अहिले नै हत्या वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्न सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । शाही दुई वर्षदेखि जुम्लामा होटल व्यवसाय गर्दै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।