नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका छन् ।
मुख्य प्रशिक्षक अल्मुताइरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्पयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल हुने जनाए ।
उनले बुधवार बंगलादेशसँग १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल नफर्किने घोषणा गरेका थिए ।
नेपालले फाइनल यात्रा तय गरेकोमा खुशी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको समेत उनले बताए ।
‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ । हामी परिवार हौँ, हामी एउटै परिवारका सदस्य हौँ । तपाईहरुले यस्तो बोलेर खुशी मिल्यो र ? म्याच फिक्सिङ गर्यो भनेर तपाईहरु खुशी हुनुहुन्छ ? तपाईहरुलाई गर्व महशुस भयो ? म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ, म नोकर होइन, कोच हुँ । आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ । म कहिल्यै नेपाल फर्किने छैन, पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ,’ मुख्य प्रशिक्षक अल्मुताइरीले भने ।
मुख्य प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सबाट सिधा कुवेत फर्किने बताउँदै नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिँदा आफू खुशी नरहेको पनि स्पष्ट पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।