विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उरुग्वेमाथि प्रभावशाली जित हात पारेको छ । आज बिहान भएको खेलमा ब्राजिल ४–१ ले विजयी भएको हो ।
ब्राजिलको जितमा राफिन्हाले २ गोल गरे भने नेयमार र गाब्रियल बार्बोसाले १–१ गोल गरे ।
खेलको ११ औं मिनेटमा नै नेयमारको गोलबाट ब्राजिलले अग्रता बनाएको थियो । राफिन्हाले १८औं र ५८ औं मिनेटमा गोल गरे भने ८३औं मिनेटमा बार्बोसाले गोल गरे ।
उरुग्वेका लागि ७७ औं मिनेटमा लुइज स्वारेजले एक गोल फर्काए। जितपछि अपराजित ब्राजिलले ११ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा छ भने अर्जेन्टिना समान खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ । १६ अंक जोडेको उरुग्वे पाँचौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।