नेपाली खुकुरीका साथ देखिए ‘गोरखा’को पोस्टर अक्षय कुमार

बलिउड नायक अक्षय कुमार ती कलाकारमा गनिन्छन् जो ब्याक टु ब्याक सुटिङमा व्यस्त हुन्छन् । 

अक्षयका केही फिल्म रिलिजको तयारीमा छन् । कोरोना महामारीले गर्दा फिल्महल राम्रोसँग नखुलेका कारण उनको फिल्म दर्शकको पर्खाइमा रहेका छन् । 

यसैबीच केही फिल्मको सुटिङमा अक्षय व्यस्त छन् । यहीबेला अक्षयले आफ्नो आगामी फिल्म ‘गोरखा’को पोस्टर रिलिज गरेका छन् । 

‘गोरखा’ एउटा युद्धको कथा बोकेको फिल्म हो जहाँ अक्षय​ कुमारले वार हिरो मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउने छन् । 

आनन्द एल रायको कलर एलो प्रोडक्सन र अक्षय कुमारको केप अफ गुड फिल्म्सले संयुक्त रुपमा ‘गोरखा’ बनाउन लागेका हुन् । फिल्म भारतीय सेनाको गोरखा रेजिमेन्ट (५औं गोरखा राइफल्स)का एक महान् सैनिक अधिकारी मेजर जनरल इयान कार्डोजीको जीवनमा आधारित रहेको छ । 



इयान कार्डोजीले सन् १९६२, १९६५ को युद्ध र विशेषगरी १९७१ को भारत–पाकिस्तान युद्धमा वीरता प्रदर्शन गरेका थिए । अक्षय उनै युद्ध नायकको भूमिका निर्वाह गर्नेछन् । 

‘यो कथालाई १९७१ को युद्धको ५०औं वर्षगाँठमा सार्वजनिक गर्न लागिएको मलाई खुसी लागेको छ,’ इयान कार्डोजीले प्रतिक्रिया जनाएका छन् । 
‘गोरखा’को निर्देशन राष्ट्रिय पुरस्कार विजेता संजय पूरन सिंह चौहान गर्नेछन् । 



‘गोरखा’ भन्ने वित्तिकै नेपाली गोर्खा सैनिक जोडिन्छन् । यस फिल्ममा भारतको गोर्खा रेजिमेन्टमा रहेका नेपालीको वहादुरीलाई पनि समेटिएको छ । 
फिल्मको पोस्टरमा अक्षय कुमारको हातमा नेपालीको शान खुकुरी देखाइएको छ । 

  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार २१:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया