शिल्पा शेट्टी र राज कुन्द्रामाथि शर्लिन चोपडाले लगाइन् गम्भिर आरोप

पछिल्ला दिन बलिउड नायिका शर्लिन चोपडाले अर्की नायिका शिल्पा शेट्टी र उनको पति राज कुन्द्रालाई निशाना बनाउँदै आएकी छन् । 

शिल्पा​ र राजमाथि उनले बिभिन्न आरोप लगाउँदै आएकी छन् । 

पोर्नोग्राफी घटनामा राज कुन्द्राको नाम जोडिएपछि शर्लिनले सामाजिक सञ्जालमा राजविरुद्ध कयौं पोष्ट गरेकी छन् । उनले  राज अश्लिल फिल्मको कारोबारमा संलग्न रहेको आरोप समेत लगाइसकेकी छन् ।

अहिले उनले शिल्पा र राजमाथि नयाँ आरोप लगाएकी छन् । नयाँ आरोप हो– जालसाजी र मानसिक यातना । शर्लिनले शिल्पा​ र राजमाथि जालसाजी गरेको र आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन् । 

उनले यो उजुरी अक्टोबर १४ को दिन मुम्बई प्रहरीमा दर्ता गरेकी छन् । ‘मैलै राज कुन्द्राको विरुद्ध यौन उत्पीडन, जालसाजी र धम्की दिएको भनि उजुरी दिएकी छु,’ शर्लिनले भनेकी छन् । 





  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार १०:१६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया