देशभर पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४४६ जनाको पीसीआर गर्दा १३६ र ३२७ को एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।
मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । त्यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जनामा कोरोना सङ्क्रण देखिएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८४५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ छ । त्यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका र १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।