दसैंको अवधिमा ६ जनाको मृत्यु, ९८ जना घाइते

दसैंको अवधिमा प्रदेश १ मा ६ जनाको मृत्यु भएको छ । असोज २७ गतेयता ४ दिनको अवधिमा ९८ जना घाइते भएका छन् । 

घाइते मध्ये १५ जना भन्दा बढी गम्भीर घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार २७ गते भएका १६ वटा दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । 

झापाको  दमकस्थित भित्री पक्की सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ज १३६४ नं.को बलेरो गाडीको छतबाट खसेर पाँचथर मिक्लाजिङ २ बस्ने २७ वर्षीय मिलन सुब्बाको छतमा सामान मिलाउने क्रममा छतबाट खसेर मृत्यु भएको् छ । 

सुब्बाको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै भद्रपुरमा मे१ख १६६३ नं.ट्रकले महेशसिंह राजबंशीलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । 

असोज २८ गते भने गते २ जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएकामा ५ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । 



प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार जना गम्भीर घाइते भएका छन् । असोज २९ गते १६ वटै दुर्घटनमा एक जनाको मृत्यु र २७ जना घाइते भएका छन् । ती मध्ये ५ जना गम्भीर घाइते भएका छन् । 

मोरङको कानेपोखरी–४ गेवरिया खोलास्थित कच्ची सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र–१–०२–०४५ प ९८४० नं.को मोटरसाइकल अनियन्त्रित भई गेवरिया खोलामा खस्दा घाइते भएका कानेपोखरीका मौसम राजबंशीको उपचारको क्रममा मृत्यु भएको छ । 



यस्तै दसैंको अवधिमा इटहरीमा को१च९५६४ नं. को स्करपियो गाडीले पैदलयात्री मनिष रौनियारलाई ठक्कर दिँदा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ।
असोज ३० गते १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । १० स्थानमा दुर्घटना भएको छ ।

  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ९:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया