मोटरसाइकल दुर्घटनामा कैलालीमा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
तीन जना सवार से ६ प १९३१ नम्बरको मोटरसाइकल टीकापुर नगरपालिका–२ विकास टोलमा दुर्घटना हँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको कोहलपुरमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।