मंगलबार ‘जय सियाराम’ को विमोचन गरिने

मिथिलाका प्रसिद्ध गीतकार अशोक दत्तद्वारा लिखित बहुप्रतिक्षित ‘जय सियाराम’ गीति एल्बमको विमोचन कात्तिक २ गते हुने भएको छ । 

उद्योग पर्यटन तथा वन मन्त्रालय प्रदेश २ को पर्यटन प्रवर्द्धनात्मक प्रचारप्रसार कार्यक्रम अन्तर्गतको सहयोगमा उक्त गीति एल्बम तयार पारिएको हो । 

नवरस मिडिया प्रालिको प्रस्तुती तथा लोकसमाज जनकपुर र पिएमपीको सहकार्यमा निर्मित यस गीति एल्बमको जनकपुरधामस्थित गिरिजा चलचित्र मन्दिरमा विमोचन हुने जनाइएको छ ।  

यो गीत मैथिलीको अहिलेसम्मको इतिहासमा सबैभन्दा लामो अवधिको गीत भएको संगीतकार सुनिल मल्लिकले जानकारी दिए । उनले यो गीत २२ मिनेटको रहेको र यसको भिडियोमा १०० जना कलाकारले अभिनय समेत गरेको जनाए । 

गीतकार अशोक दत्तद्वारा लिखित यस गीतमा संगीत सुनिल प्रवेशको रहेको छ । सुनिल मल्लिक, पार्थ मल्लिक, नेहा प्रियदर्शनी, रामनारायण ठाकुरलगायतका गायक गायिकाहरूले गीतमा स्वर दिएका छन् । 

विमोचन हुन लागेको यस एल्बमको निर्देशन निशान्त मल्लिक र निहारिक मल्लिकले गरेका छन् । 
 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १८:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया