८ हजारभन्दा बढीको कोरोना परिक्षण गर्दा ३९१ जनामा संक्रमण, संक्रमणदर ४.८४ प्रतिशतमा झर्यो

पछिल्लो चौबिस घण्टामा देशभर ८ हजार ७७ जनाको कोरोना परिक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ । 

बितेको चौबिस घण्टामा ६ हजार ९६६ जनाको पिसीआर र १ हजार १११ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । परिक्षण गरिएकामध्ये ४.८४ प्रतिशतमा संक्रमण देखिएको छ । 

सोही अवधिमा कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ११ हजार २८४ पुगेको छ । 

नेपालमा रहेका संक्रमितमध्ये हालसम्म ७ लाख ८१ हजार ४५६ जना निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ । 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार २०:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया