भारतसँग सीमा जोडिएको ठोरीको ठुटे खोला पुलमा राष्ट्रिय झण्डा

भारतसँग सीमा जोडिएको पर्साको ठोरी गाँउपालिकाको प्रवेशद्वारमा स्थानीय युवाले नेपालको राष्ट्रिय झण्डा राखेका छन्। 

ठोरी गाँउपालिकामा हुलाकी सडकखण्डमा पर्ने १०२ मिटर लामो ठुटेखोला पुलमा २० फिट अग्लो स्थानमा १२ वटा राष्ट्रिय झण्डा राखेका हुन्। 

पर्साको ठोरीलाई रमणीय तथा पर्यटकीय स्थलका रूपमा चिनिन्छ । 

पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको वन क्षेत्रको बिचमा पर्ने पर्यटकीय क्षेत्रलाई परिचित बनाउन, स्थानीय कलाकौशल प्रदर्शन गर्न तथा स्थानीय तथा आसपासका क्षेत्रको बजार प्रवर्द्धनका लागि अत्यन्त उपयोगी देखिएको ठोरीको दीर्घकालीन हितका लागि कोसेढुङ्गा साबित हुने स्थानीयको बुझाइ छ । 

पर्सा राष्ट्रिय निकुञ्ज, चितवन तथा भारतको वाल्मीकि टाइगर रिजर्भको मध्यभागमा अवस्थित रमणीयस्थल ठोरीमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्छन् । गत पुस महिनामा नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा आयोजित महोत्सवमा दैनिक १० हजारको हाराहारीमा पर्यटक आएका थिए। 

राष्ट्र र राष्ट्रियताप्रति सकारात्मक सन्देश पुगोस् भन्ने उदेश्यले पर्यटकीय गन्तव्य तथा प्रमुख भारतीय प्रवेशद्वार ठोरीमा दर्जन नेपाली राष्ट्रिय झण्डा राखिएको युवा समुहका संयोजक सुदीप थापाले बताए । 
 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार ९:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया