नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । दशैंपछि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पहिलो पटक बसेको हो ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विहान बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिएको जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएअनुसार यो बैठकमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारीको विषयमा पनि छलफल भएको छ ।
पार्टी संगठन सुदृढीकरणलगायतका विषयमा पनि बैठकमा छलफल गरिएको बताइएको छ ।
माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।