एकीकृत समाजवादी भित्र असन्तुष्टी बढ्दो, नेतृ यादव भन्छिन्– पार्टी भित्रका महिला नेतृहरु कसैको दास होइनन्

नवगठित नेकपा (एकीकृत समाजवादी) ले विस्तार गरेको केन्द्रीय कमिटी र कार्यविभाजनप्रति पार्टीकै एक नेतृले असन्तुष्टि जनाएकी छन् । 

विस्तार गरिएको केन्द्रीय कमिटी अन्तर्गत प्रदेश २ मा पुरुषलाई मात्र प्राथमिकता दिएको प्रदेश सभा सदस्य समेत रहेकी नेकपा (एकीकृत समाजवादी) की नेतृ मञ्जु यादवले आरोप लगाएकी हुन् । 

पार्टीले दलाल प्रवृत्ति भएको पुरुषलाई मात्र स्थान दिएको जिकिर उनले गरिन् । सामाजिक सञ्जालमा प्रश्न गर्दै उनले भनिन्, ‘माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, साली, नातागोतालाई मनोनित गर्ने ?’ 

नेतृ यादवले पार्टीभित्रका महिला नेतृहरु कसैको दास नरहेको बताउँदै अगाडि लेखेकी छन्,‘चुनौतीका साथ भन्छु आउने चुनावमा माथिल्लो कमिटीमा बसेको नेताहरु प्रतिनिधिसभाको चुनावको टिकट लिने आँट गरोस् । हामी जस्तो महिलाहरु तिमीहरुको दास होइन । हुन पनि सक्दैनौं ।’ 

नेकपा (एकीकृत समाजवादी) ले हिजोमात्र ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो । 

पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्युरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १४:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया