चाडबाडमा चीनले उत्तरी सिमानाका नागरिकलाई मात्र हैन सरकारी कार्यालयलाई पनि दिन्छ राहत

चीन सरकारले कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा रहेका नागरिकलाई मात्र हैन सरकारी कार्यालयलाई पनि राहत दिने गरेको छ । 

चाडबाड लक्षित गरेर चीनको सिचुवान प्रान्तको पुराङ काउन्टी (जिल्ला)ले यसपटक  हुम्लाको नाम्खा गाउँपालिका र सो क्षेत्रमा सरकारी कार्यालयलाई १३ लाख चिनियाँ युआन (२ करोड ४२ लाख ९९ हजार ४१६ रुपैयाँ) बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । 

पुराङ काउन्टीले हुम्ला नाम्खा गाउँपालिकालाई ८ सय बोरा चामल, चार हजार ६८० बोरा मैदा, ६ हजार पिस एन– ९५ मास्क, ५८ हजार सर्जिकल मास्क, १० हजार पिस पञ्जा, ७५० केजी स्यानिटाइजर, २ हजार पिस सानो स्यानिटाइजर, २ हजार ३ सय पिस सेतो पञ्जा, ५ हजार पिस एन्टिजेन किट, एक हजार पिस फेस मास्क र १६० थान थर्मोगन सहयोगस्वरुप उपलब्ध गरेको छ ।  

हुम्ला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनले उपलब्ध गराएको खाद्य सामग्रीमध्ये सशस्त्र प्रहरी बल सिमा सुरक्षा (बिओपी) हिल्सालाई ७५ बोरा चामल र २५  बोरा मैदा तथा हिल्साका स्थानीयवासीलाई १२५ बोरा मैदा, ६० बोरा चामल, नेपाल प्रहरी हुम्लालाई १० बोरा चामल, प्रहरी चौकी यारीलाई पाँच बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङलाई पाँच बोरा मैदा र २० बोरा चामल दिइने बताए । 

यसैगरी, सिटिजन्स बैंक याल्वाङलाई १० बोरा चामल र वडा नम्बर २ लाइ २२२ बोरा मैदा,  वडा नम्बर ३ लाई २४६ बोरा मैदा  र वडा नम्बर १ लाई चार सय १२ बोरा मैदा दिइने छ । 

नाम्खा गाउँपालिका– ६ लिमीमा एक हजार आठ सय ४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका– ५ को यारी गाउँलाई तीन सय ३० बोरा मैदा, एक सय ६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा र ३० बोरा चामल हस्तान्तरण हुने अध्यक्ष तामाङले बताए । 



मुचु गाउँलाई ३४८ बोरा मैदा, एक सय १४ बोरा चामल, चाला गाउँलाई १८० बोरा मैदा, ६० बोरा चामल, याल्वाङलाई २४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई १७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ गुम्बालाई २६० बोरा मैदा दिने निर्णय भएको अध्यक्ष तामाङले बताए । 

प्रत्येक वर्ष चीन सरकारले नाम्खा गाउँपालिकालाई खाद्यान्न लगायतका अन्य सहयोग सामग्री हस्तान्तरण गर्दै आएको अध्यक्ष तामाङले बताए ।



  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १५:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया