बेमौसमी झरीले धानबालीमा क्षति, उत्पादन घट्ने

बेमौसमी झरीले गर्दा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर लगायतका जिल्लामा भित्र्याउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । काटेर सुकाएका र थुपारिएका धान बालीमा क्षति पुगको हो । 

वर्षाले धानबालीमा क्षति पु¥याएपछि यहाँका किसान चिन्तित भएका छन् । काटेर खेतमै थुपारिएको एक बिघामा लगाएको धान पूर्णरूपमा डुबानमा परेको जिल्लाको भजनी नगरपालिकाका किसान हरेन्द्र भारद्वाजले बताए । 

उनले धानबालीमा क्षति पुगेपछि यस वर्ष उत्पादनमा कमी हुने बताए । ‘पानीले भित्र्याउनका लागि खेतमै सुकाउन राखिएको धान डुबायो,’ उनले भने, ‘अब उत्पादनमा पनि कमी आउने भयो, चामल पनि राम्रो नहुने भयो ।’ 

यस बर्ष प्रसस्त पानी पर्दा सप्रिएको धानबालीमा क्षति पुग्दा किसानहरू मर्कामा परेका छन् भने अर्को तर्फ झन्झट समेत थपिएको छ । धनगढीका धुर्जन चौधरी पनि एक बिघामा काटेर थुपारेको धान पानीले पूरै डुबाएपछि चिन्तित छन् । 

‘हिजो साँझदेखि परेको पानीले काटेर खेतमै थुपारेको धान पूरै डुबेको छ,’ उनले भने, ‘आधा धान मात्रै काम लाग्ने भएको छ ।’ 



सुदूरपश्चिमको सबै भन्दा खाद्यान्न उत्पादन हुने जिल्ला कैलालीमा ७० हजार हेक्टर जमिनमा धानखेती हुने बताउदै केन्द्रका प्रमुख शर्माले बेमौसमी झरीले ५ देखि १० प्रतिशत धान उत्पादनमा कमि आउने बताए । 

अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको बताउदै प्रमुख शर्माले यो वर्ष समय–समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको भए पनि अहिले उक्त परिणाममा धान भित्र्याउन नपाउने बताए । 



उत्पादन भएको धानबालीले राम्रो मूल्य नपाउन सक्ने भएकोले किसानहरू प्रत्यक्ष मारमा पर्ने केन्द्रका प्रमुख शर्मा बताउँछन् । धान भिजेका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मुल्यमा धान खरिद गर्नसक्ने हुँदा सरकारले यसतर्फ ध्यान दिनुपर्ने शर्माले बताए । 

‘धान भिजेका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुन्छ,’ उनले भने, ‘व्यापारीले पनि यस्तो धानको राम्रो मूल्य दिँदैनन् । यहाँका करिब ७० देखि ८० प्रतिशत किसानले धान काटिसकेका छन् ।’ सुदूरपश्चिममा आईतबार राति देखि पानी निरन्तर परिरहेका छ ।

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १९:४८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया