के हो हाइपरसोनिक मिसाइल जसले बढाउँदै छ चीन—अमेरिका तनाव ?

‘चीनले दुई महिना पहिले (अगस्टमा) परमाणु हतियार लैजान सक्षम अत्याधुनिक हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ जसका कारण अमेरिकी जासुसी एजेन्सीसमेत हैरान भएका छन् ।’

बेलायतबाट प्रकाशन हुने अन्तर्राष्ट्रिय अखबार फाइनान्सियल टाइम्सले आफ्नो पछिल्लो रिपोर्टमा यो दाबी गरेपछि विश्वभर अहिले यसको चर्चा छ ।

त्यसो त अहिलेसम्म चीनले आधिकारिक रुपमा नै यो खबरको खण्डन गरेको छ । चीनको दाबी चाहिँ यो परीक्षण एक मिसाइल परीक्षण होइन तर स्पेस क्राफ्टको गरिएको थियो। 

चीनले खण्डन गरे पनि यो समाचारले विश्वभर अर्को तहल्का मच्चाइदिएको छ, अमेरिका र चीनबीचको तनाव थप बढेको छ ।

अमेरिका, रुस र चीन लामो समयदेखि हाइपरसोनिक हतियार बनाउने प्रयासमा भएकाले पनि यो समाचारले अहिले विश्वभर सनसनी उत्पन्न गराएको हो ।

चीनको परमाणु हतियार नीतिका विशेषज्ञ एमआइटीका प्रोफेसर टेलर फ्रेवलले फाइनान्सियल टाइम्समा परमाणु हतियार बोक्न सक्ने हाइपरसोनिक ग्लाइड भेहिकल अमेरिकी मिसाइल डिफेन्सलाई पनि चक्मा दिन सक्ने बताएका छन् ।



उनले यस्तो बताएपछि अन्य विशेषज्ञले पनि यसका कारण भविष्यमा ठूलो संकट आउन सक्ने पनि बताएका छन् । तर, केही विशेषज्ञले चाहिँ यसलाई निकै गम्भीर भएर लिन नहुने पनि बताएका छन् ।

 



के हो हाइपरसोनिक मिसाइल ?

हाइपरसोनिक मिसाइल भनेको त्यस्तो मिसाइल हो जुन आवाजको गतिभन्दा पाँच गुणा बढी रफ्तारमा उडेर आफ्नो लक्ष्यतर्फ अगाडि बढ्छ ।

तर, हाइपरसोनिक मिसाइलको विशेष दर्जा उसको गतिका कारण होइन, यसलाई एन्टी मिसाइल ट्र्याकिङ सिस्टमले पनि पत्ता लगाउन नसक्ने र यसलाई क्षति गर्न नसक्ने भएकाले हो ।

यसलाई प्रक्षेपण गरेपछि यसको दिशामा पनि कुनै परिवर्तन गर्न नसकिने विशेषता हुने बताइएको छ ।

यसको अर्थ हो कुनै पनि देशले हाइपरसोनिक मिसाइल लन्च गरेको खण्डमा अरु कुनै पनि देशले एन्टी डिफेन्स मिसाइल सिस्टमको सहयोगमा पनि यसलाई रोक्न सक्दैनन् ।


  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २०:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया