कपिलवस्तुमा झाडापखालाको प्रकोपः संक्रमितको संख्या ९०६ पुग्यो

कपिलवस्तुको कृष्ण नगरपालिकामा झाडापखालाका बिरामीको संख्या ९०६ पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित विरामीमध्ये हालसम्म ८९४ जना निको भइसकेका छन् । संक्रमितमध्ये तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको छ । 

आज कृष्ण नगरपालिकामा १२ जना झाडापखालाका बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

कृष्ण नगरपालिकामा यही असोज १८ गते झाडापखालाको पहिलो बिरामी देखिएका थिए । त्यसपछि फैलिएको झाडापखाला ९०६ जनामा देखिसकेको छ । कृष्ण नगरपालिकाको वडा नं. ७, ८ र ९ मा झाडापखालाका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २१:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया