नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले नेकपा एमाले फुट्नुको मुख्य कारण एमाले अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरेका छन् ।
उनले ओलीले नेपालमा कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न खोजेपछि आफूहरुले पार्टी पुनर्गठन गर्नु परेको पनि बताएका छन् ।
एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम भेलालाई सम्बोधन गर्दै चौधरीले ओलीले आगामि निर्वाचनमा जनतासँग भोट माग्ने नैतिकतासमेत गुमाएको बताएका छन् ।
‘केपी शर्मा ओलीले भोट माग्ने नैतिकता पनि गुमाएका छन्,’ उनले भने, ‘त्यसैले ओलीको पार्टी नेपालबाट छिट्टै विलय हुन्छ ।’
उनले अब झापाबाट केपी ओलीले चुनाव नजित्नेसमेत दाबी गरेका छन् । ओलीले बारम्बार कम्युनिस्ट पार्टीको नाम बेचेर झापाबाट निर्वाचन जिते पनि अब आउने चुनावमा उनी हार्ने दाबी गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।