कर्णाली नदीको सतहले खतराको तह पार गर्यो
फाइल तस्वीर ।

कर्णाली नदीमा आएको बाढीले खतराको सतह नाघेको छ । लगातार परेको वर्षाका कारण कर्णाली नदीमा पछिल्लो समय उर्लँदो भेल आएको छ । 

चिसापानी मापन केन्द्रमा गरिएको मापनअनुसार नदीको सतह ११ मिटर नाघेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारीअनुसार यो कर्णाली नदीको खतराको सतहभन्दा बढी हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्णालीमा १० मिटर पानीको सतह सतर्कतामा पर्छ भने १०.८० मिटरलाई खतराको तह मानिने गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै, प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार ९:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया