अफगानिस्तानमाथि तालिबानको कब्जापछि खलिजादले दिए राजीनामा

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको दुई महिना पुग्नै लाग्दा अमेरिकाका एक शीर्ष कूटनीतिज्ञ जालमय खलिलजादले राजीनामा दिएका छन् । 

उनले तालिबानसँग अमेरिकाले गरेको वार्ताको नेतृत्व गरेका थिए । तर महिनौदेखि चलेको कूटनीतिक वार्ताबाट पनि तालिबानलाई कब्जाबाट रोक्न असफल भएका थिए ।

तालिबानले १५ अगस्टमा अफगानिस्तानमाथि कब्जा गरेको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले जालमय खलिलजादका सहायक थोमस वेस्टले उनको स्थान लिने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘म अमेरिकीका लागि उनको दशकौं लामो सेवाका लागि आभार व्यक्त गर्छु ।’ 

एन्टोली ब्लिङ्कनलाई लेखेको पत्रमा खलिलजादले अफगान सरकार र तालिबानबीच जस्तो राजनीतिक सम्झौता सोचेको थियो, सो अनुसार अघि नबढेको स्वीकार गरेका छन् । 

उनले अमेरिका अफगानिस्तान नीतिको नयाँ चरणमा प्रवेश गरिरहेको भन्दै आफूले राजीनामा दिएको बताएका छन् । ७० वर्षीय जालमय खलिलजादको जन्म अफगानिस्तानमा नै भएको थियो । 

अमेरिकाका अनुभवनी कूटनीतिज्ञ खलिलजादले अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुुस, बाराक ओबामा र डोनाल्ड ट्रम्पको कार्यकालमा समेत पद सम्हालेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार ९:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया