महाकाली नदीको टापुमा पाँच जना फसे, उद्घारमा समस्या

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीको टापुमा फसेका छन् ।

कुखुरा पालन गरेर टापुमा बस्दै आएका उनीहरू नदीमा पानीको बहाव बढेपछि उतै थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले जान्करी दिए। उनीहरू पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएको उनले बताए ।

उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको डीएसपी न्यौपानेले बताए । ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ । 

महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा छ । सोमबार बिहान महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्युसेक मापन गरिएको छ जुन यो वर्षकै सबैभन्दा बढी हो । 

२०७० को बाढीमा महाकालीमा पानीको बहाव ५ लाख ३५ हजार क्युसेक मापन गरिएको थियो । त्यति बेला बाढीले ठूलो क्षति पुर्‍याएको थियो ।

नदीमा बहाव बढेपछि सोमबार साँझदेखि नै ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको छ । सुदूरपश्चिममा निरन्तर पानी परिरहेको छ।
 





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार ११:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया