भीमदत्त राजमार्ग अवरुद्ध, सयौं यात्रु सडकमै अलपत्र

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको भासु भीर नजिकै गएको पहिरोका कारण सोमबार साँझ ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

पहिरोले सडक अवरुद्ध हुँदा ६० भन्दा बढी सवारी साधन र सयौं यात्रु अलपत्र परेको महेन्द्रनगरबाट बैतडी गइरहेका नन्दराज कलौनीले बताए। 

‘पहिरोले गाडी जान नसक्दा हिजोबाट हामी अलपत्र परेका छौं, घरिघरी माथिबाट ढुङ्गा खसिरहेका छन्, पानी पनि रोकिरहेको छैन’, उनले भने। 

बिरामी बोकेका एम्बुलेन्ससहित दर्जनौ गाडी भिरमा रहेकाले माथिबाट निरन्तर आइरहेको ढुङ्गा र पहिरोमा पर्न सक्ने उच्च जोखिम छ। रातभरि सयौं यात्रुले भासु भिर नजिकै भिरमा त्रासदिपूर्ण रात बिताएको कलौनीले बताए। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले आज बिहानदेख राजमार्ग खोल्ने प्रयास भइरहेको जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १२:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया