सुदूरपश्चिम प्रदेशमा बाढीमा फसेकाहरूको उद्धार गर्न आएको हेलिकप्टर खराब मौसमका कारण धनगढी विमानस्थलमा अवतरण गरेको छ ।
खराब मौसमका कारण कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा नदीमा फसेकाको उद्धार गर्न सकिएको छैन ।
अहिलेसम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारको पर्खाइमा छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भिजिविलिटी कम भएकोले उद्धारमा असहज भएको छ ।
जोशीले मौसम सुधार हुनासाथ हेलिकप्टर कञ्चनपुरका ५ जनाको उद्धार गर्न जाने बताए ।
विभिन्न जिल्लामा बाढीमा फसेकाहरु उद्धारको पर्खाइमा रहेका छन् । पानी निरन्तर परिरहेकोले उद्धारमा कठिनाई भएको छ । सुदूरपश्चिमका सात वटा पहाडि जिल्लाहरु विद्युत र सञ्चारबाट सम्पर्क विहिन हुँदा उद्धारमा थप समस्या भईरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।