निरन्तरको बर्षाले जनकपुरधाम जलमग्न, अस्पतालदेखि मुख्यमन्त्रीको कार्यालयसम्म डुबानमा

सोमबारदेखि परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न बनेको छ । 

सोमबार मध्यरातदेखि निरन्तर मंगलबार दिउँसोसम्म बर्षा हुँदा जनकपुरधामका २५ वटै वडा जलमग्न भएका छन् । बाढीले धनुषाको दक्षिणी क्षेत्रमा बढी असर गरेको छ । 

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा ढल व्यवस्थापन नहुँदा पानीको निकास हुन नसकेपछि नगरक्षेत्र जलमग्न भएका हो । 

वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, प्रादेशिक अस्पताल, जनकपुरको प्रमुखचोक रामानन्दद्वार (चौक), मुख्यमन्त्रीको कार्यालय, जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनमा समेत समस्या भएको छ । 

लगातारको भारी बर्षाका कारण जनकपुरधामको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरलीचोकदेखि विश्वकर्मा चोक, कदमचोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलमग्न भएका छन् । 



मिथिलाको प्राचिन एवं ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्डाखुल्टी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । लगातारको मुसलधारे बर्षाका कारण सडकहरू जलमग्न बनेका छन् भने अधिकांश घरमा समेत बर्षाको पानी प्रवेश गरेको छ ।



  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १५:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया