जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ मा भेरीखोला नदीले १ सय १७ भेडा र ३ कुकुर बगाएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ७ बारा पातर सागुमा आएको नदीको बाढीले यी भेडा र कुकुर बगाएको हो ।
जाजरकोट लैजाने क्रममा तातोपानी ७ ताम्ती बारा गाउँका ७ सात जना किसानले नदीकिनारमा राखेका भेडा बाढीले बगाएको हो । किसान जयबहादुर रावलले फरकधारलाई दिएको जानकारी अनुसार २ गते रातिको बाढीले यी भेडा बगाएको हो । यसले आफूहरु निकै चिन्तित भएको उनले बताएका छन् ।
जुम्लामा ठुलो संख्यामा बाढीले भेडा बगाएको यो पहिलो घटना हो । पानसय पाटनबाट आएको आएको बाढीले भेडाको बगाल नै बगाए पछि कृषकहरु चिन्तित भएको र के गर्ने नगर्ने दोधारमा रहेको स्थानीय महेन्द्र रावतले बताए ।
यस्तै, जुम्लाका विभिन्न क्षेत्रमा वर्षाले गर्दा धानबालीमा ठूलो क्षति पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।