सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरुलाई जनही २५ लाख रुपैयाँ दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी उनले क्षतिको यकिन विवरण आएपछि थप राहत उपलब्ध गराउने बताइन् ।
अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेपछि सुदूरपश्चिम सरकारले आकस्मिक क्याबिनेट बैठक बोलाएको थियो ।
बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल भएको मन्त्री जोशीले बताइन् । प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर गरिने उनले उल्लेख गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।