शर्लिनविरुद्ध राज कुन्द्राले हाले ५० करोडको मुद्दा

बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्राले शर्लिन चोपडाविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरुले शर्लिनविरुद्ध मानहानीको मुद्दा हालेका हुन् ।

यसअघि पोर्नोग्राफी फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ परेपछि शर्लिनले राजले आफूमाथि बारम्बार जबरदस्ती गरेको आरोप लगाएकी थिइन् ।

शिल्पाविरुद्ध पनि शर्लिनले बारम्बार आफ्ना कुराहरु राखेकी थिइन् । अनि यी दुईविरुद्ध शर्लिनले नयाँ मुद्दा पनि हालेकी थिइन् ।

यसको जवाफमा राज र शिल्पाले अब शर्लिनविरुद्ध पनि मुद्दा हाल्न लागेका हुन् ।

राज र शिल्पाले चाहिँ शर्लिनले लगाएका सबै आरोप झुटा र मनगढन्ते भएको बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १८:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया