पासाङको ‘टारी खेत’मा पुष्प र एलिसा
फरकधार / २ कात्तिक, २०७८

शिक्षण पेशासँगै लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय गायिका पासाङ ल्हामु शेर्पाको पहिलो आधिकारिक म्युजिक भिडियो  ‘टारी खेत’ सार्वजनिक भएको छ ।  



यसअघि थुप्रै कलेक्सन एल्बममा आफ्नो स्वर दिइसकेकी शेर्पाले लोकप्रिय गायक राजेश पायल राईसँगको युगल गायनमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।  

शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन् ।  दशैँ तिहारको कोसेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिसा राई मुख्य भुमिकामा छन् ।  



भिडियोमा सुरेश कोहली, आरोही चापागाईँ, प्रताव मगर, कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ । 

भिडियोमा शम्भु चालिसेको  छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ ।  शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो ।  

  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १९:५:५९,   अन्तिम अपडेट : कात्तिक २, २०७८ मंगलबार १९:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया