बैतडी र डडेल्धुरामा पहिरोमा परि ४ जनाको मृत्यु

डडेल्धुरा र बैतडीमा पहिरोमा परि ४ जनाको मृत्यु भएको छ । बैतडी शिवनाथ गाउँपालिका– ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन् । प्रहरीले मंगलबार साँझ घटनास्थलबाट तीनै जनाको शव निकालेको हो । 

यस्तै डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो ।

घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए । खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताए ।

सुदूरपश्चिममा बैतडी र डडेल्धुरा लगायतका जिल्लामा अहिले पनि निरन्तर रुपमा पानी परिरहेको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १९:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया