बेमौसमी वर्षाका कारण तराईका जिल्लाको धानबालीमा क्षति

लगातारको वर्षापछिको बाढीका कारण तराईका जिल्लामा कृषि क्षेत्रमा करोडौंको क्षति पुर्‍याएको छ । 

दुई दिनदेखि लगातार परेको वर्षाका कारण बारा, पर्सा, रौतहटको खोलाहरुमा बाढी आउँदा धान बालीमा ठूलो क्षति भएको छ । 

अविरल वर्षा तथा हावाहुरीका कारण तराईका जिल्लाहरुमा भित्र्याउन काटेको धान बाली खेतमै नष्ट भएको छ । वर्षाका कारण सयौं बिघामा लगाएको धान तथा तरकारी बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । 

निरन्तरको वर्षाका कारण धान बालीमा निकै ठूलो असर पुगेको छ । पानीको निकास नभएकाले काटोको धान सुरक्षित गर्न नसकिएको र नकाटेको धान पनि हावाले ढालेको किसानहरुले बताएका छन्। 

धान कट्ने बेलामा बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि धान उत्पादनमा कमी हुने भएकाे छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार ८:५८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया