बैतडी र बझाङका बाढी पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर जाँदै

बैतडी र बझाङका बाढीपीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाईने भएको छ । बैतडीको ढुंगाड र बझाङको थलाराका बाढीमा स्थानीयहरु फसेका छन् ।

बुधवार बाढीपहिरो पीडितहरूको उद्धारका लागि बैतडीको ढुंगाड र बझाङको थलाराको लागि नेपाली सेनाको हेलिकप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

‘पहिलो चरणमा हामी त्यहाँ हेलिकप्टर पठाएर उद्धार गर्ने विषयमा नेपाली सेनासँग समन्वय गरिरहेका छौं’, उनले भनिन्, ‘कैलालीमा पनि दुई जनाको उद्धार गर्नुपर्ने छ ।’

बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना उद्दारको पर्खाइमा बसिरहेका छन् । सोमबारराति १० बजेदेखि नै उद्धारको पर्खाइमा बसेका उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।

मंगलबार उनीहरूको उद्धार गर्ने तयारी भए पनि मौसम प्रतिकुल बन्दा सम्भव भएन । बझाङमा २३ जना अझै बेपत्ता रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार ९:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया