पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु

धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । चौबिसे गाउँपालिका १ बुधबारेस्थित गढेरीमा मंगलबार राति करिब १२ बजेतिर गएको पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । 

पहिरोमा परेर ६ जना घाइते भएका छन् । उनीहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहको धनकुटा प्रहरीले जानकारी दिएको छ ।  

पहिरोमा परेर स्थानीय ६० वर्षीय भीमबहादुर श्रेष्ठसहित घरमा सुतिरहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए । 

घर पुरिँदा श्रेष्ठसहित उनका ९ वर्षीय नाति विनोद, ५ वर्षीया नातिनी निर्जलासहित पाहुना आएका झापा दमक ११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको डिएसपी रायले बताए । 

पहिरोमा परेर घाइते भएकामध्ये ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठ गम्भीर घाइते भएका छन् । 

उनीहरूलाई सेनाको हेलिकप्टर मार्फत उपचारका लागि लैजाने तयारी भइरहेको डिएसपी रायले बताए । 



त्यस्तै ३३ वर्षीया उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ पनि घाइते भएका छन् । घाइते सबैलाई थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत अस्पताल पठाउने तयारी भइरहेको डिएसपी रायले बताए ।  

वर्षाका कारण सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ भएको उनले बताए । सडक मार्फत उद्धार गर्न सम्भव नभएपछि सेनाको हेलिकप्टर माग गरिएको डिएसपी रायले बताए । 



'सडक पूरै पहिरोले पुरिएको छ । घाइतेहरूलाई उपचारका लागि पठाउन सेनाको हेलिकप्टर मगाएका छौं । हामी हेलिकप्टरको प्रतिक्षामा छौं', उनले भने।

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार ११:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया