नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सरकार सम्हालेको सय दिनमा धेरै कुरालाई लिकमा ल्याएको दाबी गरेका छन् ।
गोरखापत्र दैनिकलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री देउवाले आफूहरुले यो हनिमुन पिरियडमा सय दिनमा धेरै काम गर्न नसकेको पनि स्वीकार गरेका छन् ।
‘यो समय दिनको अवधिमा धेरै काम गर्न सक्यौँ भनेर मेरो दाबी छैन,’ उनले भनेका छन्, ‘मन्त्रिपरिषद्ले पूर्णता पाउन केही ढिला भएकै हो ।’
उनले आफ्नो पार्टीमा पनि केही समस्या रहेको र त्यसलाई आफूले स्वीकार गरेको पनि बताएका छन् ।
अनि थपेका छन्, ‘मलाई विश्वास छ, हामी सबै मिलेर अगाडि बढ्ने छौँ ।’
उनले सय दिनको अवधिमा धेरै काम भयो भन्ने आफ्नो दाबी नभएको भन्दै भनेका छन्, ‘तर, धेरै कुरालाई हामीले लिकमा ल्याएका छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।