च्याम्पियन्स लिग : माल्मोसँग प्रतिस्पर्धा गर्दै चेल्सी

च्याम्पियन्स लिगमा बुधबार समूह ‘एच’अन्तर्गत हुने खेलमा इङ्ग्लिस क्लब चेल्सीले स्विडिस क्लब माल्मो एफएफको सामना गर्दैछ । 

खेल नेपाली समय अनुसार राति पौने १ बजे चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा हुनेछ । 

साबिक विजेता समेत रहेको चेल्सी घरेलु मैदानको फाइदा उठाउँदै माल्मोमाथि जित हात पार्ने दाउमा छ । उसले पहिलो खेलमा जेनिथमाथि १–० को जित हात पार्दा दोस्रो खेलमा युभेन्टससँग १–० को पराजय बेहोरेको थियो । 

माल्मो पनि सुरुवाती २ खेलमा बेहोरेको हारलाई भुलेर चेल्सीलाई स्तब्ध पार्दै पहिलो जित हात पार्ने प्रयासमा हुनेछ । 

माल्मोले पहिलो खेलमा युभेन्टससँग ३–० र दोस्रो खेलमा जेनिथसँग ४–० को फराकिलो पराजय बेहोरेको थियो । 

चेल्सी र माल्मोले च्याम्पियन्स लिगमा पहिलोपटक एक अर्काको समान गर्दैछन्, तर यसअघि युरो लिग अन्तर्गत भएको दुई भेटमा भने चेल्सी विजयी भएको थियो । 



दुई खेलमा ४ अङ्क जोडेको चेल्सी ३ अङ्कका साथ समूह ‘एच’को दोस्रो स्थानमा रहँदा समान खेलबाट अङ्क विहिन माल्मो अन्तिममा छ । 

यो समूहमा युभेन्टस २ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदा चेल्सीसँग समान अङ्क भए पनि जेनिथ ‘हेड टु हेड’मा पछि पर्दै तेस्रो स्थानमा छ ।
समूह ‘एच’ अन्तर्गत बुधबार नै हुने अर्को खेलमा युभेन्टसले जेनिथको सामना गर्नेछ । 



समूह ‘एफ’अन्तर्गत हुने खेलमा म्यानचेस्टर युनाइटेडले एट्लान्टको समाना गर्दा भिल्लारियल र योङ्ग ब्वाईज भिड्ने छन् । 

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया