पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारका लागि आफूले सधैं नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।
उनले नेपालमा उपचार नभएको खण्डमा मात्र आफू विदेशमा जाने गरेको उनले बताएका छन् ।
उनले पहिलो पटक नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने कुरा नभएकाले आफू विदेशमा गएको पनि बताएका छन् । दोस्रो पटक आफूले मिर्गौला प्रत्यारोपणका लागि विदेश जान बाध्य हुनु परेको पनि उनले बताएका छन् ।
‘यहाँ सम्भव भएसम्म म बाहिर गएको छैन,’ बागमती प्रदेशको महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा उनले भने, ‘नत्र म बाहिर गएको छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।