एसियाली छनोट खेलका लागि महिला टोलीको तयारी सुरु

आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आजबाट अभ्यास थालेको छ । 

२४ खेलाडीलाई समावेश गरि मुख्य प्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास सुरु गरेका हुन । नोभेम्बर महिनामा युएईमा आयोजना हुने एसियाली छनोट खेलबाट नेपाली टोली अघिल्लो चरण पुग्ने लक्ष्यका साथ तयारी थालेको छ । 

कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थालनी गरिएको अभ्यासमा पहिलो दिन टोलीको फिट्नेसका लागि विशेष ध्यान दिइएको छ । विभिन्न तीन क्षेत्रमा गरिएको छनोट पश्चात अभ्यास काठमाडौंमा केन्द्रित गरिएको हो । 

घोषणा भएका २४ खेलाडी उत्साहित भएको र लामो समय देखी क्रिकेट खेलिरहेका खेलाडीमा आफ्नो देशलाई विश्वकप सम्म पु¥याउने लक्ष्यका साथ मिहिनेत गर्न आतुर रहेको मुख्य प्रशिक्षक जगत टमाटाले बताए । 

पुरुष क्रिकेटको तुलनामा कमै मात्र आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टोलीको अनुभव कम नै रहेको छ । घरेलु क्रिकेट प्रतियोगितामा सिमित भएका खेलाडीमा विगतमा फिटनेसको समस्या पनि हुने गरेको थियो । 

एसियाली छनोटमा ८ टोली भए पनि अन्तिम समयमा चीनले सहभागिता नजनाउने घोषणा गरेको छ । चीन बाहेक मलेसिया, भुटान, हङकङ, कुवेत, म्यानमार, युएई र नेपालले छनोटमा प्रतिस्पर्धा गर्दैछन् । 



छनोट खेल नेपाली टोलीका लागि ठूलो अवसर भएको खेलाडीले बताएका छन् । टोलीमा अहिले युवा र अनुभवी खेलाडीको संयोजन रहेको छ । नयाँ र पुराना पाका खेलाडीको संयोजन भएकोले टोलीले छनोट हुने लक्ष्य लिएको छ । त्यसमा खेलाडी पनि छनोट हुनेमा आशावादी छन् । 

क्यानले छनोट खेल अघि केही अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रबन्ध मिलाउने आश्वासन पनि दिएको छ । दुई वर्ष देखी अन्तर्राष्ट्रिय खेलमा सहभागि हुन नपाएको नेपाली महिला क्रिकेट टोली पनि केही अन्तर्राष्ट्रिय म्याच आयोजना भएको अवस्थामा छनोट खेल अघि कमीकमजोरी थाहा पाउने र सोही कमीकमजोरीलाई सुधार गर्दै छनोट खेल खेल्ने अपेक्षा राखेको छ । 



  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १६:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया