छापाखाना सञ्चालकको हत्या गर्ने व्यक्ति १७ वर्षपछि पक्राउ

छापाखाना सञ्चालकको हत्या गर्ने एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् । काठमाडौंको पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका सञ्चालक दोलखाका ३१ वर्षीय खिम बहादुर शिवाकोटीको हत्यामा संलग्न रहेको व्यक्तिलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो । 

२०६१ पुस २२ गते प्युठान घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने ४१ वर्षीय शनी नरसिंह राणाले शिवाकोटीको हत्या गरी फरार भएका थिए । 

पार्किङको विषयलाई लिएर विवाद हुँदा राणाले हेलमेट, फलामको रड र चिया पकाउने भाडा प्रहार गरेर कुटपिट गर्दै शिवाकोटीलाई घाइते बनाएका थिए । घाइते भएका शिवाकोटीलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

उक्त घटनामा संलग्न रहेको व्यक्ति खोजतलास गर्ने क्रममा प्रहरीले बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकलमा आएर कुटपिट गरेको भन्ने खुलेको थियो । 

लामो समयदेखिको अनुसन्धानपछि प्रहरीले राणालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका राणालाई महानगरीय वृत्त सिंहदरबारले कतव्र्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेमा मोटरसाइकल धनी ईश्वरी राणा र गोरखाको सिरानाचोक घर भएका सानो धने भन्ने चिनिने धन बहादुर गुरूङ रहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १६:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया