बझाङ पहिरो अपडेट : बेपत्ता २३ मध्ये दुईको शव फेला

 
बझाङ थलारा गाउँपालिका–४ मा डिख्लामा गएको पहिरोमा बेपत्ताको खोजी कार्य सुरु भएको छ । दुई दिनदेखि पहिरोमा परी बेपत्ता भएकामध्ये दुईको शव भेटिएको छ ।  

बेपत्ता भएका नरे पार्कीका ७ वर्षीय छोरा आयुष पार्की र एक अर्को व्यक्तिको शव फेला परेको छ । एकजनाको सनाखत हुन बाँकी रहेको छ । 

बझाङलगायत सुदूरपश्चिमको मौसममा सुधार आएपछि खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् ।

लगातारको वर्षाका कारण मंगलबार बिहान ४ बजे थलारा गाउँपालिका वडा ४ डिख्लामा पहिरो जाँदा एकै परिवारका १८ र अर्को परिवारका ५ जना गरी २३ जना बेपत्ता भएका थिए । 

बेपत्ता भएकाको खोजी र विस्थापितका लागि राहत सामग्री र औषधिसहित उद्धार टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत ३६ घण्टापछि घटनास्थल पुगेको हो ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १६:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया