प्रधानमन्त्री देउवाले बिहीबार बाढी-पहिरोको स्थलगत निरीक्षण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्। 

बुधबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीले सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने निर्णय गरेको हो । 

सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई दुई लाख रुपैयाँ दिने, प्रभावितलाई घर बनाउन हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय गरेको छ । 

बैठकले बाढीपहिरोबाट विस्थापितलाई अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने र राज्यका सबै  संयन्त्र प्रयोग गरेर राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिएका छन्।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १७:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया