सुदीपको ‘म हिँडे घर’ बजारमा

गायक सुदीप श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । डेनमार्कमा बस्दै आएका गायक श्रेष्ठले सार्वजनिक गरेको गीतमा परदेशी नेपालीको कथा समेटिएको छ । ‘म हिँडे घर...’बोलको सार्वजनिक गीतमा घर फर्किन चाहने परदेशीको चाहना समेटिएको छ ।

सुदीप र मन्दिरा जोशीले संयुक्त रुपमा लेखेको गीतमा संगीत पनि सुदीपकै सुन्न सकिन्छ । गीतमा संगीत संयोजन भने रेलोनले गरेका छन् । गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ ।

म्युजिक भिडियोमा सुवास महर्जन र जेस भट्टराईले अभिनय गरेका छन् । सुशील घिमिरे र रतिस तुलाधरले संयुक्त रुपमा छायांकन गरेको म्युजिक भिडियोमा डेनमार्कको कोपेनहेगन र आसपासको दृश्य देख्न सकिन्छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १७:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया