अभिनेता साहरुख खानका छोरा आर्यन खानको जमानत याचिका फेरि पनि खारेज भएको छ । मुम्बईको एक अदालतमा उनको जमानतका लागि निवेदन दिइएको थियो जसलाई अदालतले खारेज गरिदिएको छ ।
आर्यन खान एक क्रुजमा भएको ड्रग्स पार्टीमा संलग्न भएको अवस्थामा गिरफ्तारीमा परेका थिए । प्रहरीले उनले ड्रग्स किनबेच गरेको र सेवन गरेको आरोप लगाएको छ ।
दुई अदालतले उनको जमानतलाई खारेज गरिदिएपछि अब बम्बई उच्च अदालतमा उनको जमानतका लागि निवेदन दिनु पर्ने हुन्छ ।
३ अक्टोबरको रातमा पक्राउ परेका आर्यन खान अहिले आर्थर रोडको जेलमा छन् ।
आर्यन पक्राउ परेपछि र उनलाई जेल चलान गरिएपछि भारतका स्टारहरुले उनको रिहाइको माग गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।