पद्मश्री साधना सम्मान भक्तराज आचार्य र पद्मश्री साहित्य पुरस्कार केशव दाहाललाई प्रदान

बुधबार दुई स्रष्टालाई पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ ।  

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएको ‘पद्मश्री साधना सम्मान २०७७’बाट वरिष्ठ गायक–संगीतकार भक्तराज आचार्य सम्मानित भएका छन् भने ‘पद्मश्री साहित्य पुरस्कार २०७७’ आख्यानकार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई प्रदान गरिएको छ । 

सम्मान तथा पुरस्कार दुवैमा तीन–तीन लाख नगद राशिसहित ताम्रपत्र प्रदान गरिन्छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै स्रष्टालाई सो सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । 

अध्यक्ष लामिछानेले आगामी वर्षदेखि एउटा अर्को सम्मान पनि थपिने घोषणा गरेका छन् । प्रतिष्ठानले आउँदो वर्षदेखि ‘पद्मश्री समाज सम्मान’ प्रदान गर्ने भएको हो । 

सो सम्मानको निर्णायकहरूमा लेखक राम लोहनी, आख्यानकार नयनराज पाण्डे र समालोचक कुमारी लामालाई चयन गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २१:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया