दुई पटक मिर्गौला फेरेका व्यक्ति विश्वभर प्रधानमन्त्री भएका छैनन्ः ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक मिर्गौला प्रत्यारोपण गरेको भए पनि देशको प्रधानमन्त्री भएर रेकर्ड राखेको बताएका छन् ।

बुधबार काठमाडौंमा एमाले बागमती प्रदेशले आयोजना गरेको महाधिवेशन कमिटीको पहिलो बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘यो पनि एउटा विश्व रेकर्ड नै हो,’ कार्यक्रममा ओलीले भनेका छन्, ‘विश्वका अरु कुनै पनि देशमा यसरी मिर्गौला फेरेका व्यक्ति प्रधानमन्त्री भएका छैनन् ।’

ओलीले यही कार्यक्रममा गिनिज बुकमा लेख्ने हो भने एमाले सरकारको समयमा निकै धेरै काम भएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २१:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया