जमानतका लागि उच्च अदालत पुगे आर्यन खानका वकिल

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको याचिका दर्ता गर्न उनका वकिल बम्बईको उच्च अदालत पुगेका छन् । यसअघि त्यहाँको अर्को एक अदालतले आज मात्रै उनलाई जमानतमा छोड्न अस्वीकार गरेको थियो ।

खानका वकिलले आज मात्र उच्च अदालतमा जमानतका लागि निवेदन दिएकाले यस विषयमा उच्च अदालतले बिहीबार सुनुवाई गर्ने भएको छ ।

एकातिर आर्यन खान अहिले जेलमा छन् भने अर्कोतिर बलिउडका विभिन्न अभिनेता तथा अभिनेत्रीहरु उनलाई छुटाउनु पर्ने माग लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्न पुगेका छन् ।

आज अदालतले उनको जमानत याचिका खारेज गरिदिएपछि तिहारसम्म उनी जेलमै बस्नु पर्ने बाध्यता आउन सक्ने अनुमान गरिएको छ ।






  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २२:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया