च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित

च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभमाथि १–० को कठिन जित हात पारेको छ ।

घरेलु मैदान क्याम्प नोउमा खेलको ३६औं मिनेटमा जेरार्ड पिकेले गरेको एक मात्र गोल बार्सिलोनालाई ३ अङ्क दिलाउन पर्याप्त बन्यो । 

जोर्डी अल्बाको क्रसलाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका पिकेले गोलमा परिणत गरेका थिए ।

सोही अग्रतालाई जोगाउँदै बार्सिलोना जारी च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गर्न सफल रह्यो । 

च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाती दुई खेलमा गुमाएको थियो । बार्सिलोना यसअघि बायर्न म्युनिख र बेन्फिकासँग समान ३–०ले पराजित भएको थियो ।

डाइनामो किभको पनि यो लगतार दोस्रो पराजय हो । उसले पहिलो खेलमा बेन्फिकासँग गोलरहित बरारी खेल्दा दोस्रो खेलमा बायर्न म्युनिखसँग ५–०को फराकिलो पराजय बेहोरेको थियो ।



समूह ‘इ’ मा रहेको बार्सिलोना ३ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिँदा डाइनामो किभ १ अङ्कका साथ अन्तिममा छ ।

यो समूहमा बायर्न म्युनिख ९ अङ्कका साथ शीर्ष स्थानमा रहँदा बेन्फिका ४अङ्क जोडेर दोस्रो स्थानमा छ ।



यही समूहको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगिच क्लब बेन्फिकामाथि ४–० को प्रभावशाली जित दर्ता गर्यो ।  

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार ६:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया